Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरकारले संसद छलेर अध्यादेश ल्याएपछि विपक्षी दल एकजुट, कांग्रेसको आह्वानमा आज बैठक बस्दै

सरकारले संसद छलेर अध्यादेश ल्याएपछि विपक्षी दल एकजुट, कांग्रेसको आह्वानमा आज बैठक बस्दै

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रामक बनेका छन्।

विकसित राजनीतिक घटनाक्रमबीच आज प्रमुख विपक्षीसहित विभिन्न दलहरूको संयुक्त रणनीति बैठक बस्दैछ ।

प्रमुख विपक्षी दलका नेता तथा भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

बैठकमा सरकारले संसद् छल्दै अध्यादेश ल्याएको विषय, त्यसको संवैधानिक वैधता, र आगामी प्रतिवाद रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।

मंगलबार मात्रै अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेपछि सार्वजनिक भएको यो कदमप्रति विपक्षी दलहरूले तीव्र आपत्ति जनाएका छन्।

विशेषगरी संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा गरिएको फेरबदल र सहकारीसम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक तरंग बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077