काठमाडौं । विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाले संघीय संसद् सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन् ।
एमालेले ८ वटै अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ । यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ ।
यस्तै नेकपाले केही नेपाल ऐन, संवैधानिक परिषद्, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेश अस्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।
यसअघि संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । यी अध्यादेशहरू संघीय संसद्अन्तर्गतको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस भइसकेका छन् ।