Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकी संसदमा बेलायती राजा चार्ल्सको सन्देश - शान्ति बिना भविष्य छैन

अमेरिकी संसदमा बेलायती राजा चार्ल्सको सन्देश - शान्ति बिना भविष्य छैन

बुधवार , बैशाख १६, २०८३

एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहेका बेलायती राजा चार्ल्स तृतीयले विश्व शान्तिको आवश्यकता अहिलेको समयमा झनै गहिरो भएको बताएका छन् ।

अमेरिकाको राजकीय भ्रमणका क्रममा उनले अमेरिकी संसद्लाई सम्बोधन गर्दै वैश्विक अस्थिरताबीच शान्तिको खोजीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन्।

सम्बोधनका क्रममा उनले विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको चर्चित हरफ उद्धृत गर्दै शान्तिको अपील गरे।

'विश्वमा शान्तिको खोजी अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ,' उनले भने, 'शेक्सपियरको शब्दमार्फत म सोध्न चाहन्छु—किन त्यो शालीन शान्तिले हामीलाई पहिलेझैँ आफ्ना गुणहरूले आशीर्वाद दिन सकिरहेको छैन ?'

राजा चार्ल्सले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिप्रति संकेत गर्दै विश्व समुदायलाई संवाद, सहकार्य र सहअस्तित्वको बाटो रोज्न आग्रह गरे। उनका अनुसार अस्थिरता, द्वन्द्व र विभाजनका बीच शान्तिको मूल्य अझै बढेको छ।

औपचारिक सम्बोधनपछि आयोजित राजकीय रात्रिभोजमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आतिथ्यका लागि धन्यवाद व्यक्त गरे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077