Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च

एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च

बिहिवार , बैशाख १७, २०८३

एजेन्सी । अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ ।

पछिल्लो विवरणअनुसार कच्चा तेलको भाउ १२६ डलर प्रतिब्यारेल पुगेको छ ।

यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च हो । त्यस बेला रुस–युक्रेन युद्धका कारण कच्चा तेलको भाउ बढेर झण्डै १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।

कच्चा तेलको मूल्य अहिले उच्च बिन्दुमा पुग्नुको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । 

ट्रम्पले इरानको बन्दरगाहमा सैन्य नाकाबन्दीलाई निरन्तरता दिने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077