Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। 

शुक्रबार दिउँसो साढे ३ बजे अर्थ मन्त्रालयमा उनीहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो ।

भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको बताइएको छ ।

गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ छन् । तर गोरलाई प्रधानमन्त्री बालेन शाहले नभेट्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077