Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प, यातायात प्रभावित

कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प, यातायात प्रभावित

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।

नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन्।

कोशी प्रदेशअन्तर्गत संखुवासभामा पर्ने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ बरुणमा साउन १७ गते दिउँसो गएको पहिरोले सडक ठप्प बनाएको हो।

यस्तै भोजपुर नगरपालिका–५ बोखिममा मध्य पहाडी लोकमार्ग अन्तर्गत बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत एकतर्फी सवारी सञ्चालन गरिएको छ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। साउन १६ गते साँझ गएको पहिरोले चीनसँगको नाका जोड्ने यो सडक अवरुद्ध बनाएको हो।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि पहिरोले यातायात प्रभावित पारेको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको थियो। हाल पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।

अवरुद्ध सडकहरू खुलाउने कार्यमा सडक विभाग र सुरक्षा निकाय सक्रिय रहेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला ट्राफिक प्रहरी वा प्रशासन कार्यालयसँग सम्पर्क गरी सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077