Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पहिराले अरनिको राजमार्ग अवरुद्ध

पहिराले अरनिको राजमार्ग अवरुद्ध

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण उक्त राजमार्ग आइतबार बिहानसम्म पनि सञ्चालन हुन नसककेको हो ।

कन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले भने, ‘बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ।’

अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077