Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षाका कारण १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

वर्षाका कारण १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं। बिहीबारदेखिको अविरल वर्षाका कारण देशभरिका १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार इलामस्थित मेची राजमार्गमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

निषेध गरिएका कारण उक्त राजमार्ग पूर्ण अवरुद्ध रहेको इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताए।

संखुवासभा भोटखोला गाउँपालिका-४ बरुणखोलास्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ। पाँचथरमा अविरल वर्षाका कारण तमोर करिडोर सडक पूर्ण अवरुद्ध छ।

ओखलढुंगाको मानेभञ्ज्याङस्थित सिद्धिचरण राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यसैगरी, बागमती प्रदेशस्थित काभ्रेमा बीपी राजमार्ग, रसुवामा पासाङल्हामु सडक र नेपाली-चीन जोड्ने सडक, सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ।

गण्डकी प्रदेशको मुस्ताङस्थित जोमसोम-कोरोला सडक र म्याग्दीको बेनी-दरवाङ सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँची सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दीस्थित सन्धिखर्क-गोरुसिंगे सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077