Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पहिरोले चार राजमार्ग आज पनि अवरुद्ध, यात्रुको बिचल्ली

पहिरोले चार राजमार्ग आज पनि अवरुद्ध, यात्रुको बिचल्ली

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण देशका प्रमुख राजमार्गहरू आज पनि अवरुद्ध बनेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार कान्ती लोकपथसहित चार प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही सडक एकतर्फी सञ्चालनमा छन् ।

ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भीमफेदी–८ भन्ज्याङडाँडामा पहिरो खस्दा काठमाडौं–हेटौँडा जोड्ने सबैभन्दा छोटो मार्ग कान्ती लोकपथ गएरातिदेखि ठप्प छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् र सवारी साधनको लाम लागेको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी–२ कोदारीस्थित इकु क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

लमजुङको मध्यनेपाल–१० बिमिरेभन्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग समेत अवरुद्ध बनेको छ।

यस्तै, भोजपुर नगरपालिका–५ बोखिम र म्याग्दीको अन्नपूर्ण–३ जलथले क्षेत्रमा पहिरोका कारण मध्यपहाडी राजमार्ग र बेनी–जोमसोम सडक एकतर्फी मात्र सञ्चालनमा छन्।

प्रहरीले अवरुद्ध सडकहरू खुलाउन पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ। लगातार वर्षाका कारण सडक सञ्जालमा समस्या देखिएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र सावधानी अपनाउन यात्रुहरूलाई आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077