Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपति क्षेत्रमा डोजर : तिलगङ्गाका अवैध घरटहरा धमाधम भत्किँदै

पशुपति क्षेत्रमा डोजर : तिलगङ्गाका अवैध घरटहरा धमाधम भत्किँदै

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान तीव्र बनाइएको छ ।

शनिबार साँझ ६ बजेदेखि काठमाडौं महानगरपालिकाले तिलगङ्गा क्षेत्रका घरटहरा भत्काउन सुरु गरेको हो । महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनामाथि निरन्तर कारबाही भइरहेको छ।

‘सरकारी जमिनमा बनेका अवैध घरटहरा हटाउने अभियानअन्तर्गत तिलगङ्गास्थित पशुपति क्षेत्रमा संरचना हटाउने काम सुरु गरिएको हो,’ उनले भने।

महानगरले यसअघि नै स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क र देवीनगरलगायत क्षेत्रमा पनि अवैध संरचना हटाउने काम अगाडि बढाइसकेको छ।

यस्तै, सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो।

महानगरका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077