Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा

शनिवार , बैशाख १९, २०८३

एजेन्सी । पेन्टागनले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने तयारी थालेको छ । आगामी ६ देखि १२ महिनाभित्र यो प्रक्रिया पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले जानकारी दिएका छन् ।

यो निर्णय ल्ब्त्इ र अमेरिकाबीचको समन्वयकै बीच सार्वजनिक भएको हो। मध्यपूर्वमा बढ्दो तनाव र ट्रान्सएटलान्टिक सम्बन्धमा देखिएको दरारका बीच यो कदमलाई रणनीतिक पुनर्संरचनाको रूपमा हेरिएको छ।

पेन्टागनका अनुसार युरोपमा तैनाथ अमेरिकी सुरक्षाबलको अवस्थाबारे गरिएको विस्तृत समीक्षा पछि आवश्यकताअनुसार सेना फिर्ता गर्ने निर्णय लिइएको हो।

सन् २०२५ डिसेम्बर ३१ सम्म जर्मनीमा ३६ हजार ४३६ अमेरिकी सैनिक तैनाथ थिए। त्यस्तै इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ सैनिक रहेका छन्।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि अमेरिकाले युरोपबाट सेना फिर्ता गर्ने सम्भावना रहेको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077