Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तुइन खोला पुलनजिकै पहिरो पन्छाएपछि सडक पुनः दुईतर्फी सञ्चालनमा

तुइन खोला पुलनजिकै पहिरो पन्छाएपछि सडक पुनः दुईतर्फी सञ्चालनमा

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुलनजिकै पहिरो पन्छाएपछि सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

आइतबार बिहान करिब ६ बजे पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो। प्रारम्भमा इलाका प्रहरी कार्यालय मुग्लिन बाट खटिएको टोलीले साबेललगायत औजार प्रयोग गरी एकतर्फी रूपमा सवारी सञ्चालन गराएको थियो।

तर ठूला ढुंगा हटाउन नसकिएपछि सडक डिभिजन भरतपुर लाई जानकारी गराइएको थियो। त्यसपछि मेसिनको प्रयोग गरी पहिरो पन्छाएसँगै बिहान करिब साढे ९ बजेदेखि सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको हो।

सडक डिभिजनले जारी गरेको सूचनामा “तुइन खोला नजिकै माथिबाट ढुंगा झरेपछि अवरुद्ध भएको सडक हाल दुवैतर्फ सञ्चालनमा आएको” उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077