Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढुंगा खस्न रोकिएपछि तुइनखोलामा दुवैतर्फ गाडी गुड्न थाल्यो

ढुंगा खस्न रोकिएपछि तुइनखोलामा दुवैतर्फ गाडी गुड्न थाल्यो

बिहिवार , बैशाख २४, २०८३

चितवन । पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेका ढुंगाको जोखिम नियन्त्रणमा आएपछि दुईतर्फी सवारी सञ्चालन पुनः सुरु गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला क्षेत्रमा माथिबाट निरन्तर ढुंगा झर्ने जोखिमका कारण केही दिनदेखि सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो ।

सडक डिभिजन भरतपुरका अनुसार बिहीबार बिहानदेखि उक्त क्षेत्रमा दुवैतर्फ सवारी सञ्चालन खुला गरिएको हो । ढुंगा खस्ने जोखिम कम भएपछि यातायात सहज बनाइएको जनाइएको छ ।

तुइनखोला पुल आसपासको क्षेत्र वर्षायाममा अत्यधिक जोखिमयुक्त मानिन्छ। गत बर्खामा पनि यही क्षेत्रमा पटक–पटक पहिरो र ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077