Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सचिवालय सदस्यमा मनोनित सागर ढकालले लिए शपथ

सचिवालय सदस्यमा मनोनित सागर ढकालले लिए शपथ

आइतवार , बैशाख २०, २०८३

काठमाडौं। प्रतिनिधिसभा सदस्य सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्यमा नियुक्त भएका छन्। 

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पार्टी सभापति रवि लामिछानेले ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

पार्टीको केन्द्रीय समितिको वैशाख ७ गतेको बैठकले सचिवालय विस्तार गर्ने निर्णय गर्दै नयाँ सदस्यहरू थप गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। 

उक्त बैठकमा सागर ढकालसँगै सरिताश्री ज्ञवालीलाई समेत सचिवालय सदस्यका रूपमा मनोनयन गर्ने प्रस्ताव पारित भएको थियो।

जसअनुसार सचिवालय संरचना १६ सदस्यीय बनाइएको हो।

ढकालले सचिवालयमा रहेर पार्टीको दैनिक कार्यसम्पादन र रणनीतिक योजना तय गर्नेलगायत विभिन्न विभागहरूबीच समन्वयको जिम्मेवारी पाएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077