काठमाडौं नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको छ । ट्रेड युनियन कांग्रेसले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बैशाख १८ र १९ गते काठमाडौंमा बैठक सम्पन्न भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले अध्यादेश ल्याएर सरकारले ट्रेड युनियन खारेज गरेकोप्रति आपत्ति जनाएका थिए । उनले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई पुनरावलोकन गर्न आग्रह समेत गरे ।
यद्यपी बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेसँग निजामती कर्मचारीको ट्रेड युनियन खारेज भइसकेको अवस्था छ ।
सरकारले मौजुदा निजामती सेवा ऐनको दफा ५३ संशोधन गर्दै निजामती कर्मचारी ट्रेड युनियन खारेज गरेको हो। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत् निजामती सेवा ऐनको दफा ५३ मा रहेको ट्रेड युनियनको व्यवस्था हटाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले सरकारले श्रमिकहरुलाई अविलम्ब रासन कार्डको व्यवस्था गर्न र न्यूनतम पारिश्रममा एकरुपता ल्याउन पनि माग गरे । उनले संविधान संशोधन गर्दा श्रमिक, युवा र किसानको छुट्टै क्लस्टर बनाउन पनि सरकारलाई सुझाव दिएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठकले ११ वटा विशेष प्रस्ताव र १५ वटा समसामयिक प्रस्ताव पास गरेको छ । पत्रकार सम्मेलनका क्रममा सरकारले ट्रेड युनियन खारेज गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसनले समेत प्रधानमन्त्री बालेन्द शाहलाई पत्राचार गरेको जानकारी गराइएको थियो ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले बैठकले पास गरेका विशेष र समसामयिक प्रस्तावहरु वाचन गरेका थिए ।
यस्ता छन् राष्ट्रिय परिषद् बैठकले पास गरेका ११ वटा विशेष प्रस्ताव र १५ वटा समसामयिक प्रस्ताव




ITUC ले प्रधानमन्त्रीलाई पठाएको पत्र

