Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले सडक बगाउँदा रोशी खोलामा सवारी साधन रोकिए, आवागमन ठप्प !

बाढीले सडक बगाउँदा रोशी खोलामा सवारी साधन रोकिए, आवागमन ठप्प !

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । लगातारको वर्षापछि रोशी खोलामा पानीको सतह ह्वात्तै बढ्दा काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा सडक कटान भई यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसय बेशी क्षेत्रमा सडक बगाउँदा सवारी आवागमन ठप्प भएको हो ।

यसैबीच, खोलामा फसेका यात्रु तथा सवारी साधनको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। पाँच वटा इभी हाईस खोलामा फसेको सूचना पाएलगत्तै नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट खटिएको टोलीले तत्काल उद्धार कार्य अघि बढाएको थियो।

सशस्त्र प्रहरीकाका अनुसार जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेका करिब १ सय ६० सवारी साधनलाई रोशी गाउँपालिका–७ लासटोल क्षेत्रमै रोकेर राखिएको छ।

उद्धार कार्यका क्रममा ५ वटा इभी हाईसमा सवार करिब ६०–६५ यात्रुलाई डोरी र जेसीबीको सहायताबाट सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले जोखिम अझै कायम रहेको भन्दै सुरक्षाकर्मीले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077