Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोशी खोलाको बाढीमा ५ माइक्रोबस फसे, ६० बढी यात्रुको उद्धार

रोशी खोलाको बाढीमा ५ माइक्रोबस फसे, ६० बढी यात्रुको उद्धार

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीका कारण ५ वटा माइक्रोबस (हाइस) बीचमै फसेका छन्।

प्रहरीको चेतावनी बेवास्ता गर्दै खोलो पार गर्न खोज्दा सवारीसाधन बाढीमा अलपत्र परेको हो।

घटना रोशी गाउँपालिका–७को घुमाउने क्षेत्रमा भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तत्काल उद्धार अभियान सुरु गरिएको छ।

उद्धारका लागि नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका २५ र नेपाली सेनाका १८ जना गरी संयुक्त टोली खटिएको छ।

प्रहरीका अनुसार माइक्रोबसमा सवार करिब ६०–६५ जना यात्रु हालसम्म सुरक्षित अवस्थामा छन् भने क्रमिक रूपमा उद्धार भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077