Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोशी खोलामा ८९ यात्रुको ज्यान जोखिममा पार्ने ५ चालक पक्राउ, मध्यराति सकुशल उद्धार

रोशी खोलामा ८९ यात्रुको ज्यान जोखिममा पार्ने ५ चालक पक्राउ, मध्यराति सकुशल उद्धार

मंगलवार , बैशाख २२, २०८३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी हालेका पाँचजना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि पाँचवटा माइक्रोबस रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशी क्षेत्रमा फसेका थिए। ती सवारीमा रहेका ८९ यात्रु जोखिममा परेपछि तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल को संयुक्त टोलीले मध्यराति करिब १ बजे सबै यात्रुको सकुशल उद्धार गर्न सफल भएको जनाएको छ।

उद्धारका क्रममा सुरक्षाकर्मीहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन रोक्न स्पष्ट निर्देशन दिएका थिए। तर उक्त निर्देशनको अवज्ञा गर्दै चालकहरूले लापरवाहीपूर्वक सवारी चलाएर यात्रुको ज्यान र धनमा जोखिम पुर्‍याएको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ परेका चालकहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077