Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोशी खोलाको बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरीको टोली सम्मानित

रोशी खोलाको बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरीको टोली सम्मानित

शुक्रवार , बैशाख २५, २०८३

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गमा रातको समयमा फसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरी टोलीलाई बिहीबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।

बीपी राजमार्गअन्तर्गत रोशी-७ लास्कोट र घुमाउने खोलाबीच पाँच माइक्रोबसमा फसेका ८९ यात्रुको जोखिम मोलेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सहायक निरीक्षक भरत न्यौपाने, हवल्दारद्वय श्रीकृष्ण कार्की र बुद्धि खड्का, सहायक हवल्दारद्वय किरण कुँवर र अशोकजंग दनुवार छन् ।

उनीहरूले उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटरले जनाएको छ ।

उक्त कार्य सशस्त्र प्रहरी बल, नेपाल नं १५ गणपति प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा पाँचखाल चौकी इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउतलाई पनि सम्मानित गरिएको छ ।

उनीहरूलाई प्राकृतिक विपद्का बेला उद्धार कार्यमा समन्वयात्मक भूमिका खेलेवापत सम्मान गरिएको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077