Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतका पाँच राज्यमा सत्ता उलटफेर : बंगालमा भाजपा उदायो, तमिलनाडुमा ‘टीभीके’ को चमत्कार

भारतका पाँच राज्यमा सत्ता उलटफेर : बंगालमा भाजपा उदायो, तमिलनाडुमा ‘टीभीके’ को चमत्कार

दुई मुख्यमन्त्रीले हारे चुनाव

मंगलवार , बैशाख २२, २०८३

एजेन्सी । भारतका पाँच राज्यमा सम्पन्न विधानसभा चुनावको नतिजाले देशको राजनीतिक ठूलो फेरबदल ल्याएको छ ।

सोमबार सार्वजनिक नतिजाअनुसार पश्चिम बंगाल, तमिलनाडु र केरलामा सत्ता परिवर्तन भएको छ भने आसाम र पुडुचेरीमा एनडीए पुनः सत्तामा फर्किएको छ।

पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक सफलता हात पारेको छ । सन् २०११ यता राज्यमा सत्तारुढ तृणमूल कंग्रेसलाई पराजित गर्दै भाजपा पहिलोपटक सत्तामा पुगेको हो ।

अघिल्लो निर्वाचनमा केवल ३ सिट जितेको भाजपा यसपटक एकैचोटि २०६ सिटमा उक्लिन सफल भएको छ।तमिलनाडुमा भने अप्रत्याशित नतिजा आएको छ ।

अभिनेता विजय थलापतिको पार्टी टीभीकेले सबैभन्दा धेरै सिट जित्दै दशकौँदेखि प्रभुत्व जमाउँदै आएका डीएमके र एआईएडीएमकेलाई पछि पार्दै सरकार गठनको मार्ग प्रशस्त गरेको छ । ५९ वर्षपछि पहिलोपटक यी दुई परम्परागत शक्तिबिनै सरकार बन्ने अवस्था आएको छ ।

चुनावमा दुई प्रभावशाली मुख्यमन्त्रीले हार बेहोरेका छन् । पश्चिम बंगालकी ममता बनर्जी र तमिलनाडुका एमके स्टालिन आफ्नै क्षेत्रमा पराजित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077