Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, अध्यक्ष सहमत भएको पक्षमा स्वतः बहुमत

संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, अध्यक्ष सहमत भएको पक्षमा स्वतः बहुमत

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । सरकारले ६ सदस्यीय संवैधानिक परिषद्का ४ सदस्य उपस्थित भएको खण्डमा बैठक बस्न सकिने व्यवस्था ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै यो व्यवस्था लागू भएको हो । 

उक्त अध्यादेशमा संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या ४ राखिएको छ । ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना सदस्य उपस्थित भएकै हुनुपर्छ । 

अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा ३ जना सदस्यहरू गरी कम्तीमा ४ जना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ ।

संवैधानिक परिषदमा रहने ६ जना सदस्यमध्ये ४ जनाको उपस्थितिले कूल सदस्यको बहुमत भई गणपूरक संख्या पूरा हुने भनिएको छ ।

अध्यादेशको दफा ६ को उपदफा (५) को स्पष्टीकरणको खण्ड (ग) मा संवैधानिक परिषद्का अध्यक्ष र कम्तीमा ३ जना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र २ जना सदस्य गरी कम्तीमा ३ जनाको निर्णय परिषद्को निर्णय मानिने व्यवस्था  छ ।

अध्यक्ष र पाँचजना सदस्य गरी परिषद्को पूर्ण (६ जना) उपस्थित हुँदा यो संख्या बिजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् ३/३ को संख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानेर निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ ।

गणपूरक संख्याको आधारमा संवैधानिक परिषद्को बैठक बसेको अवस्थामा सर्वसम्मत हुन नसके बहुमतवाट निर्णय गर्न सक्ने व्यवस्था छ ।

संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद् सर्वोच्च संवैधानिक निकाय हो ।

परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहन्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077