Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा आर्सनल

२० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा आर्सनल

बुधवार , बैशाख २३, २०८३

एजेन्सी । इंग्लिस क्लब आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। 

सेमिफाइनलको दोस्रो लेगमा बुकायो साकाले गरेको एकमात्र गोल निर्णायक बन्यो । साकाको यो गोलले एथ्लेटिको म्याड्रिडलाई समग्रमा २–१ ले पराजित गर्न पर्याप्त भयो ।

यो सँगै आर्सनलले च्याम्पियन्स लिग तथा प्रिमियर लिग दुबैको उपाधि सम्भावनालाई कायम राखेको छ। यसअघि पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो। 

आर्सनल २००६ मा बार्सिलोनासँग फाइनल हारेपछि पहिलो पटक पुनः च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ ।

अब आर्सनलले मे ३० मा बुडापेस्टमा हुने फाइनलमा बायर्न म्युनिख वा पिएसजीमध्ये कुनै एकसँग उपाधिका लागि भिड्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077