Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पीएसजी लगातार दोस्रो पटक युरोपेली च्याम्पियन

पीएसजी लगातार दोस्रो पटक युरोपेली च्याम्पियन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रङ्गशालामा गएराति भएको खेलमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टीमार्फत भएको थियो ।

युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पिएसजीले यस वर्ष पनि उपाधि जित्न सफल भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077