काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल देखाउदै लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन र काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल रहेका छन् ।
वैशाखमा १७ गते सो समुहले इन्द्रचोकको एक गहना पसलमा पेस्तोल देखाउद लुट्ने प्रयास गरेका थिए । तर पसलमा रहेकी पसल सञ्चालिकाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा पनिभाइरल बनेको थियो ।
राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले र महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथकाट एक थान चाइजिज पेस्तोल, पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान र लुटपाटमा प्रयोग गरिएको स्कुटर बरामद गरिएको छ ।
उनीहरुले चार महिनाअघि पनि न्युरोड क्षेत्रमा एक पसलबाट २ तोलाको सुनको सिक्री, ४ लाख नगद र ३ वटा मोबाइल लुटेका थिए ।
लुटेराहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।