Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपभोक्तालाई ठगी गरेको आरोपमा सूर्यमुखी तेल उत्पादक कम्पनीका मालिक पक्राउ

उपभोक्तालाई ठगी गरेको आरोपमा सूर्यमुखी तेल उत्पादक कम्पनीका मालिक पक्राउ

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । बजारमा बिक्री हुँदै आएका छहारी र ओमकार ब्रान्डका सूर्यमुखी (सनफ्लावर) खानेतेलमा मापदण्डभन्दा कम परिमाण राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा बुधबार उनलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको हो । हाल श्रेष्ठ जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कम्पनीले उत्पादन गर्ने एक लिटर र आधा लिटरका सूर्यमुखी तेलका प्याकेटहरूमा तोकिएको मापदण्डभन्दा कम तेल भरेर बिक्री वितरण भइरहेको पाइएको छ । अनुसन्धानका क्रममा सो तथ्य पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । 

प्रहरीले कम्पनीबाट ९०५ कार्टुन सूर्यमुखी तेल पनि बरामद गरेको छ । बरामद सामग्रीको गुणस्तर र मात्रासम्बन्धी विस्तृत परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका श्रेष्ठमाथि ठगीसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077