Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको आगामी मे ११ देखि हुने भनिएको नेपाल भ्रमण स्थगित भएको छ। 

नेपालमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि भारतले उच्चस्तरीय राजनीतिक संवादलाई अघि बढाउने उद्देश्यले मिश्रीलाई काठमाडौं पठाउने तयारी गरेको थियो। 

भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, नयाँ सरकारका प्राथमिकता र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको दुईदिने भ्रमण अन्तिम समयमा सारिएको हो ।

भारतीय पक्षले भने विदेश सचिव मिश्रीको अन्य व्यस्तता र पूर्वनिर्धारित प्रतिबद्धताका कारण भ्रमण स्थगित गरिएको जानकारी नेपाल सरकारलाई दिएको छ। तर भ्रमण सारिनुको वास्तविक कारणबारे औपचारिक रूपमा केही खुलाइएको छैन।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमण स्थगित हुनुमा प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्ता नजुट्नु पनि एक प्रमुख कारण हुन सक्ने अनुमान गरिएको छ। भारतीय पक्षले पटक–पटक भेटको समय मिलाउन प्रयास गरे पनि प्रधानमन्त्री शाह त्यसमा सकारात्मक नदेखिएको स्रोतको दाबी छ।

यसैबीच पछिल्लो समय लिपुलेक सीमासम्बन्धी विवाद फेरि चर्चामा आउनु पनि भ्रमण स्थगनको अर्को सम्भावित कारण मानिएको छ। 

भारतले केही दिन अघि लिपुलेक पास हुँदै २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । 

उक्त विषयमा आपत्ती जनाउँदै परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भू–भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो । त्यसको जवाफमा फर्काउँदै भारतले नेपालका केही भू(भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको बताएको थियो । 

सीमा मुद्दालाई लिएर नेपाल–भारत सम्बन्ध संवेदनशील बनेका बेला उच्चस्तरीय भ्रमणलाई केही समयका लागि टारिएको हुन सक्ने आकंलन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077