Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चरित्रहत्या भएको भन्दै गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

चरित्रहत्या भएको भन्दै गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले आफूविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या र मानहानी गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको आरोप लगाउँदै ढकाल बिहीबार आफैँ साइबर ब्युरो पुगेका हुन् ।

साइबर ब्युरोले ढकालबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय ढकाल सामाजिक सञ्जालमा तीव्र आलोचनाको केन्द्रमा परेका छन् । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते रवि लामिछाने नक्खु कारागारबाट बाहिरिँदा उनलाई लिन ढकाल आफ्नै गाडी लिएर पुगेको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको हो ।

उक्त घटनापछि केही व्यक्तिले ढकालको व्यक्तिगत जीवन र सांगीतिक यात्रामाथि लक्षित गर्दै आपत्तिजनक टिप्पणी गर्न थालेका थिए । यतिसम्म कि ढकालको निर्माणमा बनेको चलचित्र मालती मंगले बहिष्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा चलाइएको थियो ।

यसैबीच, ढकालले अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिगत मानमर्दन र चरित्रहत्या स्वीकार्य नहुने भन्दै कानुनी उपचार खोज्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077