Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोठाटारको महादेव मन्दिरमा चोरी, झन्डै १० लाख रुपैयाँ हराएको अनुमान

गोठाटारको महादेव मन्दिरमा चोरी, झन्डै १० लाख रुपैयाँ हराएको अनुमान

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । काठमाडौंको एक मन्दिरमा ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको छ।

जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको हो।

मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अनुसार शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको हो।  

सो बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब ८ देखि १० लाख रुपैयाँ रहेको जनाइएको छ । 

मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो । 

पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको थियो।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077