Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३ खेल अगावै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

३ खेल अगावै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

सोमवार , बैशाख २८, २०८३

एजेन्सी । बार्सिलोनाले तीन खेलअगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

गएराति क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–० गोलअन्तरले हराउँदै बार्सिलोनाले लालिगा उपाधि जितेको हो । 

बार्सिलोनालाई उपाधि दिलाउन मार्कस रासफोर्ड र फेरान टोरेसले एकएक गोल गरे। योसँगै बार्सिलोनाले २९ औँ ला लिगा उपाधि जितेको हो। 

ला लिगाको अंक तालिकामा बार्सिलोनाले ३५ खेलमध्य ३० खेलमा जित, १ खेलमा बराबरी र ४ खेलमा हार भोग्दै ९१ अंक बनाएको छ। 

समान खेलबाट रियलले भने २४ खेलमा जित, ५ खेलमा बराबरी र ६ खेलमा हार भोग्दै ७७ अंकमा दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077