Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राज्य व्यवस्था समितिको बैठकमा दोस्रोपटक पनि प्रधानमन्त्री अनुपस्थित, काँग्रेसद्वारा बहिष्कार

राज्य व्यवस्था समितिको बैठकमा दोस्रोपटक पनि प्रधानमन्त्री अनुपस्थित, काँग्रेसद्वारा बहिष्कार

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शाह लगातार दोस्रोपटक उपस्थित नभएपछि कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा काँग्रेसका तर्फबाट सहभागी हुने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निष्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए।

कांग्रेसले सुकुम्वासी बस्ती हटाउने कार्य, सुरक्षा प्रशासन तथा गृह प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनको अनुपस्थितिप्रति असन्तुष्टि जनाएको छ।

आङ्देम्बेले प्रधानमन्त्रीकै उपस्थितिका लागि बैठक बोलाइए पनि लगातार अनुपस्थित हुनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकको सार्थकता नदेखिएको पनि आङ्देम्बेले बताए। 

साथै प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको कामकारबाही पुनः प्रभावित भएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077