Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संवाद र सहमतिका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिन्छ : सरकार

संवाद र सहमतिका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिन्छ : सरकार

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिने जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको दुवै सदनमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै बहस पत्रमा संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका हुन्।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले भने–‘सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ ।’ 

उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने

सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो ।

उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने–‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ ।’ 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077