Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सहकारी बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

सहकारी बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

सोमवार , बैशाख २८, २०८३

काठमाडौं। आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्। 

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेल आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीको बचत फिर्ता गर्न सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने जानकारी गराएका छन् ।

सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ । यो कोषमा सरकारले बिऊ पुँजीका रुपमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यसैगरी राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सरकारले वन डढेलो, अतिक्रमण तथा अवैध क्रियाकलापको निगरानी अब ड्रोन तथा आधुनिक प्रविधिबाट निगरानी गर्ने बताए ।

'वन डडेलो उच्च सतर्कता केन्द्रबाट निरन्तर निगरानी तथा अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ । ड्रोन स्याटेलाइट तथा आधुनिक प्रविधिमार्फत् डडेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ । 

वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने राष्ट्रपति पौडेलले बताए ।

सरकारले दीर्घकालीन पुँजी निर्माणका लागि ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड तथा जोखिम व्यवस्थापन उपकरण विकास गर्ने उनको भनाई छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077