Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारको नीति तथा कार्यक्रम औसत : पूर्वअर्थमन्त्री पुन

सरकारको नीति तथा कार्यक्रम औसत : पूर्वअर्थमन्त्री पुन

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । पूर्वअर्थमन्त्री  तथा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई ‘औसत’ भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। विशाल जनमतसहित बनेको सरकारले आम नागरिकमा नयाँ आशा जगाउने गरी ‘क्रमभंग’ गर्ने नीति ल्याउने अपेक्षा गरिए पनि सरकार त्यसमा चुकेको उनको टिप्पणी छ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री पुनले वर्तमान सरकार तयारीविनै नीति तथा कार्यक्रम लिएर आएको आरोप लगाए। उनले नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र, रोजगारी, उत्पादन र युवाको भविष्यबारे स्पष्ट दिशा दिन नसकेको बताए।

'यति ठूलो जनमत पाएको सरकारले देशलाई नयाँ मोड दिने खालको साहसिक नीति ल्याउँछ भन्ने अपेक्षा थियो,' पुनले भने, 'तर सरकारले औसत र परम्परागत कार्यक्रम मात्रै ल्याएको देखियो।'

उनले यही सोच र ढाँचामा आगामी बजेट आए देशका नवयुवामा थप निराशा फैलिने चेतावनी दिए।

युवालाई स्वदेशमै अवसर दिने, उत्पादन र रोजगारी बढाउने तथा आर्थिक सुधारको स्पष्ट रोडम्याप नीति तथा कार्यक्रममा नदेखिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077