Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा पञ्जावको लगातार पाँचौं हार, मुम्बई विजयी

आईपीएलमा पञ्जावको लगातार पाँचौं हार, मुम्बई विजयी

शुक्रवार , जेठ १, २०८३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई ६ विकेटले पराजित गरेको छ । 

गएराति धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनायो ।

पञ्जावले दिएको २०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । मुम्बईको जीतमा तिलक बर्माले अविजित रहँदै ३३ बलमा ७५ रन बनाए । 

आईपीएल क्रिकेटमा लगातारको ६ जीतपछि करिब ३ हप्तासम्म शीर्षस्थानमा रहेको पञ्जावले लय गुमाएको हो । त्यसपछि लगातार ५ खेल हारिसकेको छ ।

अङ्क तालिकामा पञ्जाव १२ खेलमा १३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्गस खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077