Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसारकै सर्वोत्कृष्ट गाइड कामिरिताले तोडे आफ्नै कीर्तिमान, ३२औं पटक सगरमाथाको चुचुरोमा

संसारकै सर्वोत्कृष्ट गाइड कामिरिताले तोडे आफ्नै कीर्तिमान, ३२औं पटक सगरमाथाको चुचुरोमा

आइतवार , जेठ ३, २०८३

काठमाडौं ।  संसारकै सर्वोत्कृष्ट गाइड मानिएका साहसी पर्वतारोही कामिरिता शेर्पाले आज अर्को एक नयाँ कीर्तिमान कायम गरेका छन् ।

‘‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित शेर्पाले आज ८,८४८.८६ मिटरको  विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै  नयाँ कीर्तिमान कायम गरेका हुन् । 

पर्वतारोही शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनी आज सगरमाथाको शिखरमा पुगेका हुन् ।

५६ वर्षीय कामिरिता शेर्पाले १७ मे २०२६ अर्थात २०८३ साल जेठ २ गते आइतबारका दिन बिहान ठीक १०ः१२ बजे (नेपाली समय) सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । 

उनले पर्यटन विभागबाट जारी क्लाइम्बिङ पर्मिट नम्बर ७० अन्तर्गत ‘१४ पिक्स एक्सपेडिसन’ द्वारा सञ्चालित दलको नेतृत्व गर्दै गाइडका रूपमा यो आरोहण पूरा गरेका हुन् । कीर्तिमानी आरोहीको यो अभूतपूर्व र सफल आरोहणको आधिकारिक पुष्टि भइसकेको छ ।

कामरिता १७ जनवरी १९७० मा सोलुखुम्बुको हिमाली गाउँ थामेमा जन्मिएका थिए । कामिरिता शेर्पाको विगत र आरोहण पृष्ठभूमि निकै रोचक र संघर्षपूर्ण छ । 

शेर्पा संस्कृति र हिमालसँगको सामीप्यमै हुर्किएका उनले सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । विगत तीन दशकदेखि अनवरत रूपमा हिमाल आरोहणमा सक्रिय कामिरिताले पछिल्ला केही वर्षयता अरू कसैको कीर्तिमान नभई आफ्नै रेकर्ड परिमार्जन गर्दै आएका छन् ।

उनले सगरमाथा मात्र नभई विश्वका अन्य अत्यधिक जोखिमपूर्ण र ८,००० मिटरभन्दा अग्ला हिमालहरू जस्तै– केटू , चो ओयु, ल्होत्से, र मनास्लुको समेत धेरै पटक सफल आरोहण गरिसकेका छन् । 

हिमालमा विदेशी आरोहीहरूका लागि बाटो बनाउने र कठिन परिस्थितिमा नेतृत्व गर्ने कार्यमा उनी विश्वभर चर्चित छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077