Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जन्मकैद सजाय भोगिरहेकी सपनाको भाग्ने योजना असफल, असनबाट समातिइन्

जन्मकैद सजाय भोगिरहेकी सपनाको भाग्ने योजना असफल, असनबाट समातिइन्

सोमवार , जेठ ४, २०८३

काठमाडौं । अपहरण, हत्या र डाका चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी अभियुक्त सपना तामाङ केन्द्रीय कारागारबाट फरार भएको केही घण्टामै पक्राउ परेकी छन् ।

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति असन क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुरका २६ वर्षीय समिर श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले कारागार प्रशासनको समन्वयमा निरन्तर खोजी अभियान चलाइएको र त्यसकै क्रममा उनी पक्राउ परेको जनाएको छ ।

कारागार प्रशासनका अनुसार तामाङ शनिबार राति करिब साढे १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् । 
जिल्ला अदालत रसुवाले अपहरण, हत्या तथा डाका चोरी मुद्दामा तामाङलाई जन्मकैद सजाय सुनाएको थियो। त्यसपछि उनलाई केन्द्रीय कारागारमा राखिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077