Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया खुला, १० दिनभित्र आवेदन दिन आग्रह

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया खुला, १० दिनभित्र आवेदन दिन आग्रह

सोमवार , जेठ ४, २०८३

काठमाडौं । सरकारले देशका विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

समितिले योग्य तथा इच्छुक व्यक्तिबाट १० दिनभित्र दरखास्त पेश गर्न आग्रह गरेको छ ।

रिक्त उपकुलपति पदमा नाम सिफारिस गर्न आवेदन खुला गरिएसँगै स्वास्थ्य क्षेत्रका उच्च तहका नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077