Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेन्नईलाई हराउँदै हैदरावाद आईपीएलको प्लेअफमा

चेन्नईलाई हराउँदै हैदरावाद आईपीएलको प्लेअफमा

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।

हिजो भएको खेलमा हैदरावाद ५ विकेटले विजयी भयो । जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।

चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १८० रन बनाएको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

हैदरावादका इशान किशनले ७० रन बनाए । आईपीएल क्रिकेटको अङ्क तालिकामा हैदरावाद १३ खेलमा १६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई १३ खेलमा १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077