Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्कालै संसद भवन अगाडि जेनजी शहीदको सालिक निर्माण गरियोस् : सांसद खतिवडा

तत्कालै संसद भवन अगाडि जेनजी शहीदको सालिक निर्माण गरियोस् : सांसद खतिवडा

बुधवार , जेठ ६, २०८३

काठमाडौं । सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि यथाशीघ्र जेनजी शहीदहरुको सालिक निर्माण गर्न माग गरेकी छन् ।

रास्वपाकी सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन् ।

सम्मान मात्रै गरेर नहुने भन्दै उनले व्यवहारिक रुपमा पनि न्याय दिलाउन माग गरिन् । उनले भनिन्–‘संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस । सम्मान मात्रै होइन व्यवहारिक रुपमा पनि न्याय दिइयोस् ।’ 

सांसद खतिवडा जेनजी शहीद रसिककी आमा हुन् । उनले आफ्नै सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने भन्दै आक्रोश पोखिन । 

उनले भनिन्–‘सरकारलाई के प्रश्न सोध्न नपाउने हो ? डाडु पन्यू तेरो हातमा हुन्छ । सरकार तेरो हातमा छ भनेर रोइलो चलिराखेको छ । कसलाई सोधेको ? कसलाई सुनाएको हो भनिन्छ । यदि सरकार हाम्रो छ भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ?’

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077