Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यथाशीघ्र संसद भवन अगाडि जेनजी शहीदको सालिक निर्माण गरियोस्: सांसद खतिवडा

यथाशीघ्र संसद भवन अगाडि जेनजी शहीदको सालिक निर्माण गरियोस्: सांसद खतिवडा

'सहिदको बलिदान र घाइतेको पीडालाई व्यवहारिक रुपमा पनि न्याय, सम्मान दिने गरियोस्'

बुधवार , जेठ ६, २०८३

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेनजी शहीदहरुको सालिक निर्माण गर्न माग गरेकी छन् ।

बुधबार सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै सम्मान मात्र नपुग्ने भन्दै यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन्। 

'सहिदको बलिदान र घाइतेको पीडालाई केबल सम्मान मात्र होइन व्यवहारिक रुपमा पनि न्याय दिने सम्मान गरियोस्,” यथाशीघ्र संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस,' उनले भनिन् ।

साथै सांसद खतिवडाले आफूहरूले सरकारलाई प्रश्न सोध्न नपाउने ? हो भन्दै प्रश्न सोधेकी छन् । 

सत्तामा भएको पार्टीका सांसदले कसलाई सोधेको भनेर सोधिने गरिएको सुनाइन् ।

'सरकारलाई प्रश्न सोध्न नपाउने हो ? डाडुपन्यौँ तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको ? कसलाई सोधेको भनि रोइलो चलिरहेको छ,' उनले थप भनिन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077