Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रेस आफ्नो सीमाभित्र बसे सरकारले चाहेर पनि केही गर्न सक्दैन: सञ्चारमन्त्री तिमल्सिना

प्रेस आफ्नो सीमाभित्र बसे सरकारले चाहेर पनि केही गर्न सक्दैन: सञ्चारमन्त्री तिमल्सिना

बुधवार , जेठ ६, २०८३

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन्।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए। 

मन्त्री तिमल्सिनाले भने- 'प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो। आज भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन। प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन। '

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077