Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समस्याग्रस्त सहकारीका थप ३०४ बचतकर्तालाई रकम फिर्ता, साना निक्षेपकर्तालाई प्राथमिकता

समस्याग्रस्त सहकारीका थप ३०४ बचतकर्तालाई रकम फिर्ता, साना निक्षेपकर्तालाई प्राथमिकता

बुधवार , जेठ ६, २०८३

काठमाडौं । काठमाडौंमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारी का बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको हो।

समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।

यसअघि पनि समितिले कान्तिपुर सहकारी का २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ तथा पशुपति सहकारी का ७ जना गरी कुल ३७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिसकेको थियो।

समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिइएको छ। आगामी दिनमा पनि बचत रकमका आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने जनाएको छ।

समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ र पाँच लाखभन्दा बढी बचत भएका व्यक्तिलाई ‘ठूला बचतकर्ता’का रूपमा वर्गीकरण गरिएको छ।

समितिका अनुसार कुल बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाखभन्दा बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077