Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिम सरकारले प्रादेशिक आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने

सुदूरपश्चिम सरकारले प्रादेशिक आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने

बिहिवार , जेठ ७, २०८३

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ बाट प्रादेशिक आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ।

प्रदेश नीति तथा योजना आयोगले बुधबार यहाँ आयोजना गरेको एक कार्यक्रममा आगामी आवदेखि नै आयोजना बैंक कार्यान्वयनमा ल्याउने तयारीअनुसार काम भइरहेको जानकारी दिइएको हो।

आयोजनामा दोहोरोपना हुन नदिन र कागजविहीन बनाउन, अनलाइन प्रविष्ट गर्न र ‘क्लाउड’ मा आधारित भण्डारण सुविधाका लागि उक्त प्रणालीको विकास गरिएको आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए।

साथै आयोजना बैंक सञ्चालनपश्चात् आयोजनाको विवरण सुरक्षित हुने, समयको बचतका साथै एउटै विवरण बारम्बार प्रविष्ट गरिराख्नुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए।

सङ्घ, सात वटै प्रदेश र सात सय ५३ वटै स्थानीय तहमा एकै किसिमको प्रणाली हुने हुँदा प्रणालीगत एकता कायम ‘सफ्टवेयर’ प्रयोगमा ल्याउन लागिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077