Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवाहित पुरुषलाई अविवाहित सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

विवाहित पुरुषलाई अविवाहित सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

बिहिवार , जेठ ७, २०८३

सिन्धुपाल्चोक । विवाहित पुरुषलाई अविवाहित सिफारिस गर्ने वडाध्यक्ष पक्राउ पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रेशम तामाङ रहेका छन् । तामाङ कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।

वडाध्यक्ष तामाङमाथि आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई अविवाहित भएको सिफारिस दिएको आरोप छ ।

अविवाहित सिफारिस भएका पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै सिफारिस नदिन वडा कार्यालयमा लिखित निवेदनसमेत दिएकी थिइन् । 

तर, उक्त निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित भएको सिफारिस जारी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पीडित पक्षको उजुरीपछि तामाङ लाई बाह्रबिसेबाट नियन्त्रणमा लिइएको हो ।

तामाङमाथि लिखत कीर्ते सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाइएको छ।

प्रहरीले वडाबाट सिफारिससम्बन्धी कागजात, निवेदनलगायतका प्रमाण बरामद समेत गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077