Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पहिलो पटक महिला प्रहरीको काँधमा बाजुराको कमाण्ड, डीएसपी शैलेश्वरीले सम्हालिन् जिम्मेवारी

पहिलो पटक महिला प्रहरीको काँधमा बाजुराको कमाण्ड, डीएसपी शैलेश्वरीले सम्हालिन् जिम्मेवारी

शुक्रवार , जेठ ८, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पहिलो पटक महिला प्रहरी अधिकृतले नेतृत्व सम्हालेकी छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरालाई बाजुराको प्रहरी प्रमुखका रूपमा खटाएपछि जिल्लाको सुरक्षा कमाण्ड अब महिला अधिकृतको काँधमा पुगेको हो ।

यसअघि प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रदेश अपराध समन्वय शाखा, नक्सालमा कार्यरत बोहराले बिहीबारदेखि औपचारिक रूपमा जिल्ला प्रहरी कार्यालय बाजुराको जिम्मेवारी सम्हालेकी छन् ।

बाजुरामा कार्यरत डीएसपी इकबाल हवारीको जिल्ला प्रहरी कार्यालय नुवाकोट मा सरुवा भएपछि बोहरालाई बाजुरा पठाइएको हो ।

प्रहरी संगठनभित्र डीएसपी बोहरा अनुसन्धानमा दक्ष, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी अपराध अनुसन्धान र समन्वयात्मक कार्यशैलीमा उनको अनुभवलाई प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077