Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मदन भण्डारीको विचार नेपाली राजनीतिमा अमूल्य सम्पत्ति हो : पूर्वराष्ट्रपति भण्डारी

मदन भण्डारीको विचार नेपाली राजनीतिमा अमूल्य सम्पत्ति हो : पूर्वराष्ट्रपति भण्डारी

शनिवार , जेठ ९, २०८३

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार नेपाली राजनीतिक इतिहासको अमूल्य सम्पत्ति भएको बताएकी छन् ।

शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तकमाथिको विमर्श कार्यक्रममा बोल्दै भण्डारीले मदन भण्डारीका विचार आजको राजनीतिक परिवेशमा अझ बढी सान्दर्भिक बनेको बताइन् । छोटो राजनीतिक जीवन भए पनि मदन भण्डारीको वैचारिक प्रभाव र योगदान दीर्घकालीन तथा मार्गदर्शक रहेको उनको भनाइ थियो ।

‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन्,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।

उनले लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व, जवाफदेहिता, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकताका विषय अहिले पुनः राष्ट्रिय बहसका केन्द्रमा आएको उल्लेख गर्दै यस्तो अवस्थामा मदन भण्डारीका विचारको गम्भीर अध्ययन आवश्यक रहेको बताइन्।

‘यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ,’ उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले ‘मिडियामा मदन भण्डारी’ पुस्तकको पनि प्रशंसा गर्दै उक्त पुस्तकले नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम, वैचारिक रूपान्तरण र राजनीतिक यात्रालाई समेटेको बताइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077