एजेन्सी । उत्तरी गाजामा रहेको प्यालेस्टिनी प्रहरी चौकीमा इजरायलले हवाई हमला गरेको छ । जसमा कम्तीमा पाँच प्रहरी अधिकारी मारिएका छन्।
साथै एकजना १३ वर्षीय बालक पनि मारिएको र धेरै जना घाइते भएको गाजा प्रहरीले जनाएको छ।
इजरायलले हमास लडाकुविरुद्ध आक्रमण तीव्र पारेका बेला यो घटना भएको रोयटर्सले जनाएको छ।
यस विषयमा प्रतिक्रियाका लागि अनुरोध गर्दा इजरायली सेनाले तुरुन्तै जवाफ नदिएको रोयटर्सले उल्लेख गरेको छ।