Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ढकारीमा रास्वपा अछामका सभापति रावलमाथि दुर्व्यवहार

ढकारीमा रास्वपा अछामका सभापति रावलमाथि दुर्व्यवहार

आइतवार , जेठ १०, २०८३

अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामका जिल्ला सभापति ओमप्रकाश रावलमाथि ढकारी गाउँपालिकामा दुर्व्यवहार भएको छ ।

पार्टी संगठन विस्तार तथा भेटघाटको सिलसिलामा ढकारी पुगेका रावलमाथि शनिबार साँझ आकस्मिक रूपमा दुर्व्यवहार भएको बताइएको हो ।

घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिकाका श्याम क्षेत्रीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

रास्वपा अछामका जिल्ला सभापति रावलले आफू सवार मोटरसाइकल रोकेर एक व्यक्तिले अचानक चाबी थुत्ने प्रयास गरेको तथा शरीरमा समेत हातपात गर्ने कोसिस गरेको बताए । उनले घटनालाई सुनियोजित दुर्व्यवहारको संज्ञा दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077