Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा जिपको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

ललितपुरमा जिपको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

आइतवार , जेठ १०, २०८३

ललितपुर। ललितपुर महानगर-१५ स्थित ज्ञाननगर क्षेत्रमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाही स्थायी घर भई हाल ललितपुरको हात्तिवनमा बसोबास गर्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी साहको उपचारका क्रममा निधन भएको हो।

शनिबार अपराह्नतिर ज्ञाननगर टोलमा सडक पार गर्ने क्रममा प्रदेश १-०३३ च ८७८० नम्बरको जिपले उनलाई ठक्कर दिएको थियो ।

 दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा शनिबार साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न जिप चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-घर भई हाल ललितपुरको हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077