Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

आइतवार , जेठ १०, २०८३

ललितपुर । ललितपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर-९ भोलढोका बस्ने २५ वर्षीय विजय स्याङ्बो र मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बर-९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर-९ गुईटोल बस्ने २० वर्षीया नीता शिवा रहेका छन्।

ललितपुर महानगरपालिकास्थित भोलढोकामा लागुऔषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077